एनआरएनए अमेरिकाको १३औं साधारणसभाको तयारी हुँदै, उत्साहजनरुपमा सम्पन्न गरिने


eShilalekh

१२ असार २०८१, बुधबार १४:०९

रामप्रसाद अधिकारी

टेक्सास (अमेरिका): गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको १३औं साधारण सभाको तयारी सुरु भएको छ । एनआरएनए अमेरिकाको मिडिया एण्ड पब्लिकेशन कमिटीले पत्रकार सम्मेलनको आयोजना गरी तयारीका विषयमा जानकारी गराएको हो ।

भर्चुअल पत्रकार सम्मेलनमा कमिटीले एनआरएन सम्वद्ध व्यक्तिको धारणा र सुझाव लिदै सो विषयमा छलफल समेत गरेको थियो । छलफलमा एनआरएनए अमेरिकाका बरिष्ठ उपााध्यक्ष एवम् १३औं साधारणसभाका संयोजक विकास उप्रेती, युवा उपाध्यक्ष एवम् सहसंयोजक अनुप खनाल, एनआरएनए अमेरिकाका उपाध्यक्ष भानु खरेल, महासचिव रामहरी अधिकारी र एनआरएनए अमेरिकाको मिडिया एण्ड पब्लिकेशन कमिटीका संयोजक सतिश चापागाईं वक्ताकारुपमा पत्रकारसम्मेलनमा उपस्थित थिए ।

पत्रकार सम्मेलनमा संयोजक उप्रेतीसहित वक्ताले मेरिल्याण्डमा जुलाई १३ र १४ तारिखमा हुने साधारणसभाका लागि च्याप्टर गठन तथा व्यवस्थापनसहित उद्घाटन, नलेज कन्भेन्सन, फोरम संचालन, नेपाली साँस्कृतिक प्रस्तुतिलगायत विभिन्न कार्यक्रम गर्ने विषयमा जानकारी गराएका थिए ।

अमेरिकाभरी रहेका नेपालीको सहभागिता रहने साधारणसभाको तयारीका लागि सचिवालय, नेपालबाट जाने अतिथिको प्रक्रिया, रजिष्ट्रेशन लिंक सार्वजनिक लगायतको विषयमा जानकारी दिइएको थियो । वक्ताहरुले तोकिएको मितिमा साधारणसभा सम्पन्न गर्ने गरी तयारी सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दाहाल, क्षेत्रीय संयोजक शंकर थापा, रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मी, पत्रकार सुदीप सिवाकोटी, बबिता खनाल, ज्ञानु गौतम, ओम आर्चायलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्