एसईईको नतिजा प्रकाशित, ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण


eShilalekh

१३ असार २०८१, बिहीबार ११:०७

सिमरा: परीक्षा नियन्त्रण कार्यालयले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो ।

गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए। परीक्षामा सहभागी विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२. १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ ।

आज प्रकाशित भएको परीक्षाफल www.see.gov.np , www.neb.gov.np , www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE SYMBOL NUMBER (उदाहरणका लागि, SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्