सिमराका छात्र यादव ४ जिपिएसहित एसईई परीक्षामा उतिर्ण


eShilalekh

१४ असार २०८१, शुक्रबार १४:५६

सिमरा: बाराको सिमरास्थित ब्राइटर एकेडेमी सिमरामा अध्ययनरत छात्र राहुल यादवले एसईई परीक्षामा ४ जीपिए प्राप्त गरेका छन् । बिहीबार सार्वजनिक भएको नतिजा अनुसार छात्र यादव बाराबाट उत्कृष्ट अंकसहित उतिर्ण भएका हुन् ।

सामुदायिक विद्यालय तर्फ श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाका छात्र महेशकुमार गुप्ताले ३.९१ जिपिए ल्याएर उत्कृष्ट भएका छन् । शिक्षा बिकास तथा समन्वय इकाई बाराले दिएको जानकारी अनुसार जिल्लामा साधारण नियमित तर्फ ३.०१ देखि ३.९६ ग्रेडमा एक हजार चार सय एक जना सफल भएका छन् ।

२.१० देखि ३ मा १ हजार दुई सय ४५, ६ हजार ९६ जना विद्यार्थीहरु ननग्रेड ल्याएका छन् । त्यस्तै प्राविधिकतर्फ ३.०१ देखि ३.७३ ग्रेडमा ६३ जना सफल भएका छन् । २.५७ देखि ३ सम्ममा ५६ जना सफल भएका हुन् । दुई सय ९५ विद्यार्थीले ननग्रेड ल्याएका छन् ।

नतिजा हेर्दा साधारण तर्फ ३०.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ६९.७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । त्यस्तै प्राविधिक धारतर्फ २८.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ७१.२५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

बाराबाट एसईईमा साधारण नियमित तर्फ कुल ८ हजार ७ सय ४३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । प्राविधिक तर्फ ४ सय १४ जना विद्यार्थीहरु परक्षिामा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्