सिमरा जेसिजले राख्यो यात्रु विश्रामस्थल


eShilalekh

२० माघ २०७८, बिहीबार १२:४४

सिमरा: सामाजिक क्रियाकलापमा सक्रियता देखाउदै आएको सिमरा जेसिजले नेपाल टेलिकमको कार्यालय नजिक यात्रुका लागि विश्रामस्थल राखेको छ ।

सवारी कुर्ने र पैदल यात्रुका लागि जेसिजले विश्रामस्थल राखेको हो । सिमरा जेसिजका संस्थापक अध्यक्ष धनन्जय थोकरले आफ्नो जन्मदिनको अवसरमा उक्त बिश्रामस्थल सहयोगस्वरुप उलपब्ध गराएका हुन् ।

टेलिकमको कार्यालय अगाडीको चोकमा राखिएको विश्रामस्थलको सिमरा जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारी, पूर्व अध्यक्ष शालिकराम अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडासदस्य रामचन्द्र लामालगायतको उपस्थितीमा रिवन काटेर उद्घाटन गरिएको थियो ।

स्थापना दिवसकै अवसरमा सिमरा जेसिजले एयरपोर्ट रोडमा डस्टविन राखेको छ । यसैगरी सिमरा जेसिजले स्थापना दिवसको अवसर पारेर दीप प्रज्वलन समेत गरेको छ । कार्यक्रममा सिमरा जेसिजका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्