७३औं मदन जयन्तीमा जिफन्टद्वारा गोष्ठीको आयोजना


eShilalekh

१४ असार २०८१, शुक्रबार २२:५५

सिमरा: नेकपा एमालेका तत्कालीन महासचिव `जननेता´ मदन भण्डारीको ७३औं जन्मजयन्तीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शुक्रबार विचार गोष्ठीको आयोजना गरेको छ । एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सामन्तवाद र साम्राज्यवादको शोषण उन्मुलन गरी जनताको जनवादी व्यवस्था कायम गर्नु जनताको बहुदलीय जनवादको केन्द्रीय कार्यभार भएको स्पष्ट पारेका छन् ।

पौडेलले जनताको हातमा सम्पूर्ण सत्ता केन्द्रीत गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा आधारभूत जनवादी सुधार र परिवर्तन गर्न सकिने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य सुन्दर विक, ढुण्डिराज उप्रेती, समग्र उद्योगका केन्द्रीय अध्यक्ष आनन्द थामीलगायतले मदन भण्डारीका विचारको बारेमा प्रष्ट पारेका थिए ।

जिफन्ट मधेस प्रदेश कमिटीका अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मुक्ति चौधरीले गरेका थिए ।

यो पनि पढ्नुनुहोस्:

प्रतिक्रिया दिनुहोस्