एसईईको मौका परीक्षा साउन २३ गतेदेखि संचालन हुने


eShilalekh

१६ असार २०८१, आईतवार २०:१८

सिमराः माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा साउन २३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।

बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने भएको छ । मौका परीक्षामा ननग्रेडेड आएका सबै विद्यार्थी सहभागी हुन पाउनेछन् ।

यसअघि दुई विषयमा एनजी (ननग्रेडेड) आएका विद्यार्थीलाई मात्रै साउन १८ र १९ गतेको मौका परीक्षा गर्ने निर्णय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी (ननग्रेडेड) आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने गरी निर्णय गरेको हो ।

मन्त्रालयको उक्त निर्णयपछि बोर्डले अर्को मिति तय गरेको हो । २०८० सालको एसईईको नतिजा बिहीबार सार्वजनिक भएको थियो । जसमा ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण हुँदा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी (ननग्रेडेड) आएको थियो ।

प्रतिक्रिया दिनुहोस्