आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


eShilalekh

१६ असार २०८१, आईतवार २१:०५

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो ।

निगमले वृद्धि भएको मूल्य सोमबार बिहानदेखि लागू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्