७७ जिल्लाका एसईई टपरलाई मिड भ्याली कलेजले छात्रवृत्ति दिने


eShilalekh

२१ असार २०८१, शुक्रबार १७:१३

सिमराः भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले एसईईमा उत्कृष्ट हुने ७७ वटै जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट हुने प्रत्येक जिल्लाका एक छात्र र एक छात्रालाई छात्रवृत्ति दिने घोषणा कलेजले गरेको हो ।

यसैगरी कलेजले ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक छात्र र एक छात्रा, सम्पूर्ण स्थानीय तहबाट उत्कृष्ट एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्