मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने


eShilalekh

२१ असार २०८१, शुक्रबार २०:५२

सिमराः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा सिंहले विश्वासको मत लिन लागेका हुन् ।

सिंह जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सिके राउत नेतृत्वको जनमत पार्टीका सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

सात वर्षदेखि मधेसमा नेतृत्व गर्दै आएको जसपा नेपालको सरकार ढलेपछि सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । जसपाका सरोजकुमार यादवले जेठ २३ गते प्रदेशसभामा विश्वासको मत पाएका थिएनन् । उनले विश्वासको मत नपाएपछि सिंह ६ वटा दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्