मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त


eShilalekh

२२ असार २०८१, शनिबार १४:०८

सिमराः मधेस प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सतिशकुमार सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । प्रदेशसभामा शनिबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्रीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई (समीर), एकीकृत समाजवादीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपाने र उर्जा सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीकी गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् । सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत राखेका छन् ।

चार दलका मन्त्रीलाई बर्खास्त गर्दै मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । केन्द्रीय सत्तागठबन्ध फेरिएपछि मुख्मन्त्री सिंहले चार दलका मन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्