व्हिनद्धारा योगमाया स्मृति दिवसमा विचार गोष्ठीको आयोजना
सिमराः योगमाया स्मृति दिवसमा समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) केन्द्रीय महिला कमिटीले विचार गोष्ठीको आयोजना गरेको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जिफन्टका पूर्व उपमहासचिव बिन्दा पाण्डेलेको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा पाण्डेले समाजमा बिधमान कुरिती, विसंगतीविरुद्ध आवाज उठाउने योगमायालाई राज्यले सम्मान गर्न नसकेको बताईन् । योगमायाले त्यसबेला उठाएका बालविवाह नियन्त्रण, बहुविवाहको विरोध, विधवा विवाहको वकालत, महिला शिक्षा, सरसफाइ, गौचरण, वनरजंगल आदीको रक्षासहित सामाजिक सरोकारका २६ वटा माग जुन विश्वमा कहीँ कतै नभेटिएको बताईन् ।
व्हिनले सामाजिक न्याय, समानता र समान ज्याला जस्ता श्रमसँग जोडिएका रुपान्तरणका मुद्दा उठाउने नेपालका पहिलो सपूत योगमायाको योगदानलाई सम्झिने र अहिलेको पुष्तालाई जागरुक गराउने कार्यको सुरुवात गरेकोमा पाण्डेले खुशी व्यक्त गरिन् ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य बिना श्रेष्ठले भष्टचार विरुद्ध आवाज, वर्गिय अन्याय सहनु हुँदैन भनेर पहिलो आवाज उठाउने महिला योगमाया भएको बताईन् । व्हिनका अध्यक्ष आनन्द थामीले समाज रुपान्तरणमा ट्रेड युनियनले एकल महिलाहरूलाई धर्म र संस्कृतिको नाममा रहेका कुरितीपिवद्ध रातो पहिरन कार्यक्रम गरि २०५७ सालमा ८३ जनालाई सम्मान गरेको स्मरण गरे ।
कार्यक्रममा जिफन्टका उपमहासचिव कमला तामाङ, सदस्य फुलमाया तामाङ, व्हिन महासचिव दीपक आचार्य, उपमहासचिव अर्जुन चौलागाईंलगायतले धारणा राखेका थिए । व्हिन महिला कमिटीका प्रमुख गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रमा चौलागाईंले गरेकी थिईन् ।