लायन्स क्लब अफ अमलेखगञ्जद्वारा डस्टबिन हस्तान्तरण


eShilalekh

२६ असार २०८१, बुधबार १६:५४

सिमराः लायन्स क्लब अफ अमलेखगञ्जले जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित श्री नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जलाई डस्टबिन वितरण गरेको छ ।

लायन्स क्लब एरिया ३ का जोन चेयरपर्सन बिनय साहले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई १५ डस्टबिन वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजकुमार साहलाई डस्टबिन हस्तान्तरण गरिएको छ । कार्यक्रममा उपस्थित सम्पुर्णले लायन साहलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्