लायन्स क्लब अफ सिमरा युथको पदस्थापन कार्यक्रम सम्पन्न
सिमराः लायन्स क्लब अफ सिमरा युथको वर्ष २०२४।२५ का लागि चयन भएका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सिमरास्थित संचार हब प्रा.लिको सभाहलमा पदस्थापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वर्ष २०२३।२४ का अध्यक्ष त्रिलोक बिक्रम शाहले वर्ष २०२४।२४ का अध्यक्ष राजकुमार लामालाई पदस्थापन गराएका हुन् । सिमरा युथको वर्ष २०२४।२५ का लागि अध्यक्षमा लामा, प्रथम उपाध्यक्षमा रविन उपाध्याय, द्धितीय उपाध्यक्षमा चयन गुरुङ, तृतीय उपाध्यक्षमा सम्राट खनाल, सचिवमा निलिसा बर्मा, कोषाध्यक्षमा कपिल खरेल चयन भएका थिए ।
वर्ष २०२४।२५ का पदाधिकारीको कार्यकाल २०२४ जुलाई १ तारिखदेखि सुरु भएको छ । उक्त कार्यकाल सन् २०२५ को जुन मसान्तसम्म रहनेछ । पदस्थापनपछि सहभागीले लायन्स क्लबमार्फत गर्न सकिने कार्यका विषयमा छलफल समेत गरेका थिए ।
कार्यक्रम लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गत एरिया ३ का जोन चेयर पर्सन दिवाकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै जोन चेयर पर्सन भण्डारीले सामाजिक कार्यलाई प्राथमिकतामा राखेर लायन्स क्लबले आफ्नो गतिविधि गर्दै आएको बताए । लायन्स क्लबको मुख्य उदेश्यनै सामाजिक सेवा मात्रै रहेको बताउँदै भण्डारीले सामाजिक अभियानमा जोडिन समेत आग्रह गरे ।
कार्यक्रममा वर्ष २०२४।२५ का अध्यक्ष लामाले आफ्नो कार्यकालमा लायन्सको उदेश्यभित्र रहेर एक वर्षमा गरिने कार्ययोजना निर्माण गर्दै अघि बढ्ने बताएका छन् । वर्ष २०२३।२४ का अध्यक्ष शाहले लायन्स क्लबमा जोडिएर आफूले सामाजिक सेवाको अभियानलाई नजिकबाट नियाल्न पाएको बताएका छन् ।
कार्यक्रममा महिला उद्यमी रिता कंडेल, रिना बजगाईंसहित लक्ष्मी तिमिल्सिना, लक्ष्मी सिंह, सुरज वैद्य, दीपेन्द्र श्रेष्ठ, सुमन थापामगर, भुवन थापा, योगेन्द्र थापा, गोविन्द चौधरी, सुप्रिम अधिकारी, बबिन सुब्बालगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण वर्ष २०२४।२५ की सचिव निलिसा बर्माले गरेकी थिईन् ।