पर्साबाट निर्वाचित तीन जना सांसदले लिए मन्त्रीको शपथ


eShilalekh

३१ असार २०८१, सोमबार १४:२८

सिमराः संघीय सरकारमा पर्सा जिल्लाबाट निर्वाचित तीन जना सांसद मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट पहिलो पटक तीन जना मन्त्री बनेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री, पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

प्रदीप यादव, अजय चौरसिया, र राजकुमार गुप्ताले मन्त्रीको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमका बिच मन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनीहरूले पनि मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्