त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मधेसका मुख्यमन्त्रीको घोषणा


eShilalekh

१ श्रावण २०८१, मंगलवार १३:५६

सिमरा: मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मृत्यु भएको पुष्टि भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सम्बन्धित परिवारलाई १-१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा मुख्यमन्त्री सिंहले गरेका हुन् । साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।

असार २८ मा चितवनको सीमलतालमा खसेको पहिरोले दुइटा बसलाई त्रिशूली नदीमा बगाएको थियो । बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्