मधेश सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीले लिए शपथ


eShilalekh

४ श्रावण २०८१, शुक्रबार १४:०८

सिमराः मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिल कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

बिहीबार नेपाली कांग्रेसका ४ र लोसपाका एक जनासहभागी भएपछि मधेशको मन्त्रिपरिषद १५ सदस्यीय पुगेको छ । मधेश सरकारमा कांग्रेस र एमालेले ४–४ मन्त्रालय, जनमत पार्टीले मुख्यमन्त्री बाहेक २ मन्त्रालय र लोसपाले १ मन्त्रालय पाएको छ । त्यस्तै ३ जना राज्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्