गुरुपूर्णीमाको अवसरमा तेक्वान्दो प्रशिक्षकलाई सम्मान
सिमराः गुरुपूर्णीमाको अवसरमा पथलैयास्थित होली गार्डेन तेक्वान्दो डोजाङका खेलाडीले तेक्वान्दो प्रशिक्षकलाई सम्मान गरेको छन् । पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा आयोजित कार्यक्रममा तेक्वादो खेलको विभिन्न तहमा रहेका प्रशिक्षक र सहयोगीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, मधेस प्रदेश महासचिव राजकुमार लामा, बारा जिल्ला खेलकुद विकास समिति प्रमुख हेमलाल श्रेष्ठ, होली गार्डेनका प्रिन्सिपल भुवन राई, प्रशिक्षक बिजय शाह ठकुरी, तेक्वान्दो संघ निजगढका अध्यक्ष मानध्वज लामा, बिरबहादुर स्याङ्तान्लाई सम्मान गरिएको थियो ।
होली गार्डेनका प्रिन्सिपल राईको अध्यक्षता तथा तेक्वान्दो संघका केन्द्रीय सदस्य गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निजगढका अध्यक्ष लामा र केन्द्रीय सदस्य गौतमले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उदयराज पाण्डे, राजु धामी, पवन श्रेष्ठ, ईश्वर सापकोटा, पृथ्वी श्रेष्ठ, अनु बस्नेतलगायत उपस्थित थिए ।
यसैगरी वीरगन्जमा पनि गुरुपूर्णीमाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नगवा तेक्वान्दो डोजाङले गुरु सम्मानसहित विभिन्न कार्यक्रम गरेको हो ।कार्यक्रम नाजिर हुसेको अध्यक्षता र आठौं साफ च्याम्पियनसिपका तेक्वान्दो बरिष्ठ प्रशिक्षक प्रमोद मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मधेस प्रदेश महासचिव लामा, निशान लामिछाने, दीपक तिवारी, रमेश मानन्धर राजकुमार गुभाजु, धिरेन्द्र पटेल, मञ्जिल हवारी, बिक्रान्त डंगोल, बाबुल चौहानलगायतको उपस्थिती रहेको थियो ।
गुरुपूर्णीमाको अवसरमा नेपाल तेक्वान्दो संघ अन्तर्गत मधेस प्रदेश भित्रका सबै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको महासचिव लामाले जानकारी दिए ।