बाराको बकैया खोलामा महिलाको शव फेला


eShilalekh

७ श्रावण २०८१, सोमबार १८:१२

सिमराः निजगढ नगरपालिका– ९ र कोल्हवी नगरपालिका– २ को सीमानजिकै बकैया खोलाकिनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ।

पूर्व–पच्चिम लोकमार्गमा रहेको बकैया खोलाभन्दा करिब दुई किलोमिटर दक्षिणमा महिलाको शव खोलाको किनारमा भेटिएको र शरीरमा कुनै दाग वा चोट नदेखिएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

प्रहरीले शव नजिकैको बस्तीबाट बगाएर ल्याएको अनुमान गरेको छ। तर, हालसम्म महिला हराएको सूचना भने प्रहरीले प्राप्त गरेको छैन। पहिचान नखुलेको करिब ३५ वर्षीय महिलाको शव स्थानीयवासीले सोमबार खोलाकिनारमा देखेका थिए।

शव फेला परेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए। शव पोस्टमार्टमका निम्ति कलैया प्रादेशिक अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्