१० लाख नगदसहित दुई पक्राउ


eShilalekh

७ श्रावण २०८१, सोमबार २०:४५

कलैयाः हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले १० लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका ६ पुरैनियाका ४१ वर्षीय सैदुल्ला मियाँ ठकुराई र सोही ठाँउका २२ वर्षीय बागर अंसारी रहेका छन् ।

उनिहरुलाई नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ना३६प ४५६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बिश्रामपुर गाउँपालिका १ स्थित सडकमा स्रोत नखुलेको १० लाख २० हजार रकमसहित उनिहरुलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय छतवाको टोलीद्धारा पक्राउ परेकालाई दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रवक्ता न्यौपाले बताए ।

प्रतिक्रिया दिनुहोस्