नयाँ व्यवस्थापनसहित सिमरामा हिरोको मोटरसाइकल र स्कुटरको बिक्री तथा मर्मत सुरु


eShilalekh

८ श्रावण २०८१, मंगलवार १२:०८

सिमराः श्री सिद्धी विनायक ट्रेडरले सिमरामा हिरो कम्पनीको मोटरसाइकल र स्कुटरको बिक्री सुरु गरेको छ । सिद्धी विनायकले व्यवस्थित सर्भिस संचालनमा ल्याउदै मोटरसाइकल र स्कुटरको बिक्री थालेको हो ।

सिमरा चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फ सूर्य नेपाल अगाडी सिद्धी विनायकले सर्भिस सेन्टर र सोरुम संचालनमा ल्याएको हो । उक्त सोरुम र सर्भिस सेन्टरको काम अहिले अन्तिम चरणमा छ । सिद्धी विनायक ट्रेडर हिरो मोटोकर्पको उत्पादन हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता हो ।

ट्रेडरका सल्लाहकार गोवर्धन लामाले नयाँ सोरुमबाट मोटरसाइकल बिक्रीका साथै सर्भिसिङको काम सुरु भएको जानकारी दिएका छन् । उक्त सोरुममा नगद छुटसहित मोटरसाइकल खरिद गर्न सकिने र हिरो कम्पनीका मोटरसाइकल सर्भिसिङ गर्न सकिने लामाले बताए ।

उक्त सोरुममा अहिले व्यवस्थापन र दक्ष प्राविधिकसहित सात जना कर्मचारी कार्यरत छन् । २०७५ सालमा सिमरामा स्थापना भएको सिद्धी विनायकले नयाँ भवनबाट आकर्षक व्यवस्थापनसहित बिक्री तथा मर्मतको काम सुरु गरेको लामाले बताए ।

अहिले हिरोको मोटरसाइकल र स्कुटरको मूल्य कति पर्छ?

उक्त सोरुमा अहिले २०० सिसिको एक्स पल्स फोरभी, १२५ सिसिको सुपर स्प्लेन्डर, ११० सिसिको स्प्लेन्डर प्लस र ११० सिसिको जुम स्कुटर उपलब्ध छ । एक्स पल्सको मूल्य चार लाख ५९ हजार नौ सय रहेको छ । यसमा नगद छुट पाईनेछ ।

यसैगरी पाँच वर्षको इन्जिन वारेन्टीसहित हिरो जुम स्कुटरलाई दुई लाख ५२ हजार नौ सय बिक्री मूल्य राखिएको छ । त्यही मोडलको सिंगल डिक्स स्कुटर लिन चाहनेले भने १० हजार थप्नुपर्नेछ । सिंगल डिक्स भएको स्कुटरलाई दुई लाख ६२ हजार नौ सय पर्दछ ।

सर्वाधिक रुचाइएको हिरोको अर्को उत्पादन सुपर स्प्लेन्डरलाई अहिले दुई लाख ४६ हजार नौ सय मूल्य तोकिएको छ । १२५ सिसिको उक्त मोटरसाइकलमा समेत नगद छुट प्राप्त गर्न सकिनेछ । यस्तै १०० सिसिको स्प्लेन्डर प्लस मोटरसाइकललाई दुई लाख १० हजार नौ सय पर्दछ ।

हिरो मोटोकर्पको उत्पादनलाई अहिले सिजि ग्रुपले नेपाली बजारमा बिक्री गरिरहेको छ । हिरो मोटोकर्पसंग साझेदारी गरेपछि सिजि ग्रुपले बैशाख दोस्रो साता हिरो ब्रान्डका चार मोटरसाइकल एकसाथ लन्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्