सिमरा खानेपानीले माग्यो स्नातक र स्नाकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन


eShilalekh

८ श्रावण २०८१, मंगलवार १२:४८

सिमराः सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सिमरा कलेजमा स्नातक तथा स्नाकोत्तर तहको अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताको परिवारसंग कार्यालयले आवदेन माग गरेको हो ।

प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति उलपब्ध गराउने गरी खानेपानीको कार्यालयले सिमरा कलेजसंग अघिल्लो वर्ष सम्झौता गरेको थियो । सम्झौता अनुसार अघिल्लो वर्ष पाँच जनालाई छात्रवृत्तिका लागि सिफारिस समेत गरेको थियो ।

सो सम्झौतालाई निरन्तरता दिदै समितिले २०८१ साउन ७ गते सोमबारदेखि लागू हुने गरी १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ। कार्यालयले प्राप्त आवेदन मध्येबाट कर्मचारीको परिवारका दुई र उपभोक्ताका परिवारको तीन गरी पाँच जनाको नाम छात्रवृत्तिका लागि सिमरा कलेजलाई सिफारिस गर्नेछ ।

छात्रवृत्तिका लागि कर्मचारी र उपभोक्ताको परिवारले आवेदन दिन सक्नेछन् । इच्छुक विद्यार्थीले स्नातक तहका लागि निवेदनसहित एसईई र कक्षा १२ उतिर्ण गरेको प्रमाणपत्र, स्नातकोत्तर तहका विद्यार्थीले स्नातक तह उतिर्ण गरेको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सिमरा कलेजको सिफारिस पत्रसहित आवेदन दिनुपर्ने समितिका अध्यक्ष कासिम हुसेनद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्