बसको ठक्करबाट घाईते अधिकारीको निधन


eShilalekh

९ श्रावण २०८१, बुधबार ११:११

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १५ का स्थानीय एवम् सामाजिक अगुवा नारायणदत्त अधिकारीको निधन भएको छ । बसको ठक्करबाट गम्भीर घाईते भएका करिब ७० वर्षीय अधिकारीको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा निधन भएको हो ।

अधिकारीलाई कलैया–वीरगन्ज सडकखण्डस्थित एलएस न्यूरो अस्पताल अगाडी बसले ठक्कर दिएको थियो । सोही अस्पतालमा भर्ना भई उपचार गराईरहेका आफन्त भेटन पुगेका अधिकारीलाई कलैया–वीरगन्ज रुटमा चल्ने बसले ठक्कर दिएको थियो ।

मयुरीबाट ओर्लिएर भाडा तिर्ने क्रममा बसले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । ठक्करबाट गम्भीर घाईते भएका अधिकारीलाई तत्कालै न्यूरो अस्पताल लगिएको थियो ।

गाउँ ‘बा’ को नामले समेत परिचित अधिकारी समाज सुधार कृषी सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । उनि नेकपा एमालेको जिल्ला अधिवेशनको प्रतिनिधि समेत थिए ।

प्रतिक्रिया दिनुहोस्