अमेरिकाको ड्यालसमा लायन्स क्लब अर्भिङ एभरेष्ट सेन्टेनियलको पदस्थापन सम्पन्न


eShilalekh

९ श्रावण २०८१, बुधबार १४:५८

रामप्रसाद अधिकारी

ड्यालस (अमेरिका): अमेरिकाको ड्यालसस्थित लायन्स क्लब अर्भिङ एभरेष्ट सेन्टेनियलको वर्ष २०२४।२५ का लागि चयन भएका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । अर्भिङस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित कार्यक्रमकाबीच पदस्थापन तथा नेतृत्व हस्तान्तरण सम्पन्न भएको हो ।

लायन्स क्लब अर्भिङ एभरेष्ट सेन्टेनियलको वर्ष २०२४।२५ को अध्यक्ष रविन पाठक, प्रथम उपाध्यक्षमा रेश दाहाल, द्धितीय उपाध्यक्षमा गौरव न्यौपाने, सचिवमा जिविका अधिकारी र कोषाध्यक्षमा बिप्लप कटुवाल चयन भएका छन् । सदस्यमा देब शर्मा, डा. लक्ष्मण वाग्ले, दीपेन्द्र गुरागाईं, गरिमा गुरागाईं (सिग्देल), रमेश तिमल्सिना, तनुजा अर्याल, रामकृष्ण यादव, हेमा कुँवर, दिपक भण्डारी र श्रृष्टी उप्रेती शर्मालाई चयन गरिएको छ ।

डिष्ट्रिक्ट गभर्नर राधाकृष्ण काफ्लेको उपस्थितीमा लायन्स क्लब वर्ष २०२३।२४ का अध्यक्ष राजेन्द्र कुवँरले वर्ष २०२४।२५ का अध्यक्ष पाठकलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका नव निर्वाचित अध्यक्ष पाठकले आफ्नो कार्यकालको लागि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबलाई उत्कृष्ट नेतृत्व प्रदान गर्ने तथा क्लबका बिभिन्न कार्यक्रममा योगदान पुर्याउने बिभिन्न व्यक्ति तथा क्लबका स्वयंसेवकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर काफ्ले, प्रथम महिला लक्ष्मी काफ्ले, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर केदार तिमल्सिना, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर ग्यारी वाइनयार्ड, पास्ट डिस्ट्रिक्ट गभर्नर एस्मेराल्डा रोड्रिग्वेज, एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईं, वेस्टर्न रिजन चेयर पर्सन थलराज पन्त, किनोट स्पिकर पास्ट काउन्सिलका अध्यक्ष जोन इड्स, जोन ८ की अध्यक्ष मीना क्षेत्रीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जेविका अधिकारीले गरेकी थिईन् ।

कार्यक्रममा विभिन्न लायन्स क्लबका प्रतिनिधि, संस्थाका प्रतिनिधि, क्लबका पदाधिकारी तथा सदस्य, पत्रकारको उपस्थिती रहेको थियो । निर्वाचित अध्यक्ष पाठकले लायन्स क्लबमार्फत सामाजिक कार्यमा सक्रिय रहने बताए ।

प्रतिक्रिया दिनुहोस्