सौर्य एयरको विमान दुर्घटनामा १८ को मृत्यु, चालक घाईते


eShilalekh

९ श्रावण २०८१, बुधबार १५:३५

सिमराः काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमान चालक मनिषरत्न शाक्य घाईते भएका छन् ।

मर्मतका लागि भन्दै काठमाडौंबाट प्राविधिक र कर्मचारी लिएर पोखरा उडेको विमान केही सेकेण्डमै दुर्घटना भएको थियो । विमानमा चालक दलका दुई सदस्यसहित सौर्य एयरलाईन्सका कर्मचारी, प्राविधिक र उनका परिवारका गरी १९ जना सवार थिए ।

पाइलट शाक्य र को–पाइलट एस कटवाल रहेको उक्त विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र विदेशी नागरिक अरेफ रेडा सवार रहेका थिए । ति मध्ये पाइलट शाक्यलाई मात्रै जिवितै उद्धार गरिएको थियो ।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय प्रभावित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनास्थलको निरीक्षण गर्दै प्राधिकरणका कर्मचारीसंग विमान दुर्घटनाको विषयमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्