लागूऔषधसहित जीतपुरका दुई युवक वीरगन्जबाट पक्राउ


eShilalekh

१० श्रावण २०८१, बिहीबार १७:३६

सिमराः पर्सा प्रहरीले लागूऔषध नाइट्राभ्याटसहित बिहीबार दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अंसारी रहेका छन् ।

प्रहरीले उनिहरुलाई वीरगन्ज २५ खल्वाटोलस्थित सडकबाट ३८ पत्ता नाइट्राभ्याटसहित नियन्त्रणमा लिएको हो । पैदल हिडिरहेका उनिहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा नाइट्राभ्याट बरामद भएको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन् ।

पक्राउ परेका उनिहरुमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्