त्रिशुली दुर्घटनामा अभिभावक गुमाएका चन्दनलाई १२ कक्षासम्मको शिक्षा निःशुल्क


eShilalekh

१० श्रावण २०८१, बिहीबार १८:५६

सिमराः नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाएका पर्साको सखुवा प्रसौनी गाँउपालिका–२ का हृदयनारायण राउत थारुका कान्छा छोरा चन्दन राउतको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिदिने जीवनज्योति इंंग्लीश बोर्डिङ स्कूलले जनाएको छ ।

उनि सोहि बिद्यालयको कक्षा ६ मा अध्ययनरत छन् ।गाँउपालिकाका अध्यक्ष यशवन्त यादवको पहलमा उक्त विद्यालयका सञ्चालक एंव प्रधानाध्यापक शिब गुप्ताले बुधबार चन्दनको घरमा पुगेर कक्षा १२ सम्मको पढाइ निःशुल्क गरिदिने र भविष्यमा रोजगारीको अवसर पनि प्रदान गर्ने बताएका हुन् ।

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवले पनि चन्दन र उनको परिवारलाई आफनो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

उक्त दुर्घटनामा परेर ज्यान गुमाएका सखुवा प्रसौनी गाँँउपालिकाका चार जना र महुवन स्वास्थ्य चौकीमा कार्यरत बाराकी सृष्टि यादव गरी ५ जनाका परिवारलाई सखुवा प्रसौनी गाँउपालिकाले राहत स्वरुप जनही १ लाख २५ हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेको छ । उक्त रकम नयाँ आर्थिक वर्षको गाँउपालिकाको खाता खुल्न साथ सम्बन्धित परिवारका सदस्यलाई प्रदान गरिने गाँउपालिका अध्यक्ष यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्