द्रुतमार्गको सुरुङ्ग खन्ने क्रममा ढुङ्गा खस्दा एक जनाको मृत्यु


eShilalekh

१० श्रावण २०८१, बिहीबार १९:००

सिमराः निजगढ–काठमाण्डौं द्रुतमार्गको सुरुङ्ग खन्ने क्रममा ढुङ्गा खस्दा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन ।

मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १२ घर भएका अन्दाजी २८ वर्षीय विमल थिङ्ग रहेका छन् । बुधबार साँझ मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १२ चालिसे डाँडास्थित फास्टट्याकको सुरुङ्ग खन्ने क्रममा सुरुङ्गभित्र खसेको ढुङ्गाले चोट लागेर थिङ्गको ज्यान गएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यसैगरी तनहुँ जिल्ला घर भएका वर्ष २८ का राजु विक ढुङ्गाले चोट लागेर गम्भीर घाइते भएका छन । उनको ढाँड र कम्मरमा चोट लागेको प्रहरीले बताएको छ । घाइते विकको हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

बुधबार दिउँसो फाष्ट ट्रयाकको सुरुङ भित्र काम गर्ने क्रममा माथीबाट ढुंगा खस्दा उनीहरु घाईते भएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्