मधेस लोकसेवा आयोगको अध्यक्षमा डा. यादव नियुक्त


eShilalekh

११ श्रावण २०८१, शुक्रबार १५:५२

सिमरा: मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. शिवराम यादव नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले यादवलाई आयोगको अध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्त भएसँगै आजै यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज नवनियुक्त अध्यक्ष डा. यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरिया निवासी हुन् । उनले मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गरेका छन् । विगत पाँच महिनादेखि लोकसेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना, तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा छनाेट प्रक्रिया अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्