५ महिनादेखि बन्धक बनाइएका सिरहा र धनुषाका २८ मजदुरको उद्धार


eShilalekh

११ श्रावण २०८१, शुक्रबार १७:३०

सिमरा: भारतको कश्मिरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरिएको छ । रोजगारीको सिलसिलामा कश्मीर गएका सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी शुक्रबार धनुषा ल्याइएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए ।

सीडीओ भुसालका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।

जनकपुरमा परिवार मिलन कार्यक्रम गरी मन्त्रालयका सचिवसहितको उपस्थितिमा र पालिकाहरुको रोहरबरमा सम्बन्धित परिवारका अभिभावकलाई जिम्मा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्