बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड
सिमराः बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्नेमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जोड दिएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित हुलास स्टिल उद्योगमा आयोजित नेपालको सबैभन्दा ठूलो ग्याल्भनाइजिङ इकाइको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।उनले स्थानीय नागरिकलाई आवश्यक सीप र तालिमको पाठ्यक्रम तयार गरेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले स्थानीय नागरिकलाई दक्ष बनाउन र उनीहरूलाई रोजगारी दिन प्रदेश सरकारले सहयोग गर्ने बताए। मुख्यमन्त्रीले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति तयार पार्न प्रदेश सरकारको लगानी र सहयोग कुनै कमी नहुने आश्वासन दिए।
यसले गर्दा स्थानीय नागरिकले रोजगारी पाउँदा वैदेशिक रोजगारीमा जाने र बेरोजगारीको संख्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।