पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो


eShilalekh

१७ श्रावण २०८१, बिहीबार १३:०१

सिमरा: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो। 

निगमले मूल्य घटाएसंगै अब पहिलो वर्ग अन्तर्गत पर्ने अमलेखगन्ज, वीरगन्ज, जनकपुर, चारआली, विराटनगर, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको मूल्य १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा अब पेट्रोलको मूल्य १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ भने तेस्रो वर्ग अन्तर्गत रहेको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।

प्रतिक्रिया दिनुहोस्