कोल्हबीमा न्यानो कपडा र सरसफाई सामाग्री वितरण


eShilalekh

२९ माघ २०७८, शनिबार १७:३९

सिमरा: कोल्हबी नगरपालिकाको वडा नं. ४ का विपन्न र अशक्त नागरिकलाई न्यानो कपडा र सरसफाई सामाग्री वितरण गरिएको छ । जाडोयाम सहयोग कार्यक्रम अन्तर्गत गोर्खा वेलफेयर ट्रस्ट नेपालको उत्थानशील खानेपानी सरसफाइ तथा विपद् तयारी कार्यक्रमले उक्त सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले वडाका दुई सय १४ घरधुरीका नागरिकलाई सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले कोल्हबी नगरपालिकाले वडा नं. ४ रहेको विपन्न वस्तीका नागरिकलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन समन्वय गरिरहेको बताए ।

कोल्हबी नगरपालिका वडा नं. ४ को कार्यालय र सुर्योदय खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयले पहिचान गरेका विपन्न तथा अशक्त नागरिकलाई ब्लांकेट, डसना, मास्क, साबुनलगायतको सामाग्री वितरण गरिएको थियो ।

सुर्योदय खानेपानीका अध्यक्ष नेत्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख भण्डारीसहित वडाअध्यक्ष भेषबहादुर ढकाल, सहयोगी संस्था गोर्खा वेलफेयर ट्रस्टका प्रितम थापा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सपहीका अध्यक्ष तपेश्वर राय थारु, वडा सदस्य कालिका विक, कोपीला भण्डारी, देवकान्त चौधरी, रामवृश चौधरीलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण दीपेन्द्र सुवेदीले गरेका थिए ।

तस्विर: बुधन चौधरी

प्रतिक्रिया दिनुहोस्