स्व.कामतको शोकाभिव्यक्तिका लागि मधेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधी झुकाउने


eShilalekh

१८ श्रावण २०८१, शुक्रबार १७:०२

सिमरा: शास्त्रीय सङ्गीतका महान् साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको निधनमा शोकाभिव्यक्तिका लागि मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधी झुकाउने निर्णय गरेको छ ।

मधेश प्रदेशका मुख्‍यमन्त्री सतिशकुमार सिहले शोक वक्तव्य जारी गर्दै संगीत साधक गुरुदेवको निधनमा राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णय भएको बताएका छन् ।

वक्तव्यमा मुख्यमन्त्री सिँहले अत्यन्त गहिरो र प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्ति गर्न सम्पूर्ण जीवन व्यतीत गरेका भग्वतोपासक दिवंगत गुरुदेवजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले स्व. कामत जीवनका कठोरतम क्षणसँग लड्दै भिज्दैँ सङ्गीत क्षेत्रमा पुर्‍याएका योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्