सिमलतालमा दुर्घटना भएको एञ्जल बसका यात्रुहरूको स्मृतिमा स्तम्भ


eShilalekh

२८ श्रावण २०८१, सोमबार १७:२२

सिमराः सिमलतालमा हराइरहेका यात्रुहरूको स्मृतिमा स्तम्भ बनाइएको छ । एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो । जसमा वीरगञ्जबाट काठमाडौं जान लागेको एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएको छ ।

असार २८ गते लेदोसहित आएको पहिरोले सिमलतालमा सडकबाट एञ्जल डिलक्स र गणपति यातायातको दुई वटा बसलाई एकै पटक त्रिशूलीमा बगाएको थियो । स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ ।

दुवै बसमा गरी ६५ जना यात्रु रहेका थिए । अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्