मधेस सरकारले गर्यो ८ जना राज्यमन्त्रीलाई पदमुक्त


eShilalekh

२९ श्रावण २०८१, मंगलवार १५:३४

सिमरा: मधेस प्रदेश सरकारले आफ्नो मन्त्रिमण्डलमा रहेका ८ जना राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरेको छ ।चौतर्फी आलोचना झेलिरहेको मधेश प्रदेश सरकारले राजमन्त्रीहरूलाई पदमुक्त गर्ने भएको छ ।

साउन २२ गते मधेश प्रदेश सरकारले २० सदस्यीय मन्त्रिमण्डल गठन गरेको थियो । जनता समाजवादी पार्टीको व्यापक विरोध, जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री पदमा बसेका सतिशकुमार सिंहलाई सोधेको स्पष्टीकरण र सर्वसाधारणबाट बढ्दै गएको आलोचना र विरोधपछि मधेश प्रदेश सरकारले मन्त्रिमण्डलबाट राज्यमन्त्रीलाई फिर्ता बोलाउन लागिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएअनुसार, मङ्गलवार मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सबै राज्यमन्त्रीलाई बर्खास्त गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्