निजगढमा १३ वर्षीया बालिकामाथि बलत्कार
निजगढः बाराको निजगढ नगरपालिका ५ मा मंगलबार दिउँसो १३ वर्षीया बालिकामाथि बलत्कार भएको छ । निजगढ नगरपालिका घर भएकी बालिकामाथि दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् ।
विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् । ति व्यक्तिको पहिचान खुल्न सकेको छैन । बालिकाको बयानपछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बालिकाले आफूमाथि दुई व्यक्तिले जबरजस्ती गरेको जानकारी अभिभावकलाई दिएपछि पीडित परिवार प्रहरीसमक्ष पुगेको थियो । बालिकाको बयानपछि निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परिक्षणले उनिमाथि जबरजस्ती करणी भएको देखिएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बालिकामाथि बलत्कार भएको शारीरिक परिक्षणले देखाएको र शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । बालिकाको अभिभावक र आफन्त जाहेरी लिएर कार्यालयमा आएको र त्यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।