त्रिवेणी साहित्य मञ्चले लघुकथा सङ्ग्रह प्रकाशन गर्ने


eShilalekh

३१ श्रावण २०८१, बिहीबार १३:३४

रामप्रसाद अधिकारी

अमेरिकाः अमेरिकाको पेनसिलभानियास्थित त्रिवेणी साहित्य मञ्चले नेपाली भाषामा लेखिएका लघुकथाहरूको सङ्ग्रह प्रकाशन गर्ने भएको छ । मञ्चले विश्वभर नेपाली भाषामा लेखिएका उत्कृष्ट लघुकथालाई एकसाथ संकलन गरी पुस्तकको रूपमा सङ्ग्रह प्रकाशन गर्न लागेको हो ।

सङ्ग्रहमा आफ्नो कथा समावेश गर्न इच्छुक लेखकले मौलिक र अप्रकाशित लघुकथा मञ्चलाई उपलब्ध गराउन सकिने अध्यक्ष केशव बैरागी माइलोले जानकारी दिए । सामाजिक सद्भावलाई प्रोत्साहन गर्ने खालका विषयवस्तुलाई प्राथमिकता दिइने मञ्चद्धारा जारी सूचनामा उल्लेख छ ।

मञ्चले सन् २०१७ मा स्थापना भएदेखिनै नेपाली भाषा, साहित्य, र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ । २०८१ असोज मसान्तसम्ममा दुई सय ५० शब्द नबढाई आफ्नो लघुकथा इमेलमार्फत पठाउन सकिने मञ्चका सचिव नाराद अचार्य सुदामाले जानकारी दिए । लघुकथा [email protected], [email protected] मा पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्