पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

३२ श्रावण २०८१, शुक्रबार ११:३८

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको निगमले जनाएको छ।

निगमका अनुसार अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य १५२ कायम गरिएको छ।

त्यस्तै, सुर्खेत र दाङ लगायत क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५४ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, पोखरा, काठमाडौं, दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्