गुप्ता सुवोध स्मृति र चौरसिया उत्कृष्ट संवाददताको रुपमा पुरस्कृत
वीरगन्जः प्रतिक दैनिकले आफ्नो ३८औं वार्षिकोत्सवका अवसरमा महिला पत्रकार बिमला गुप्तालाई ५१ हजार राशीको सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । वार्षिकोत्सवका अवसरमा शनिबार वीरगन्जमा आयोजित कार्यक्रमकाबीच गुप्तालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उक्त पुरस्कार गुप्तालाई पत्रकार गरेका थिए । यसैगरी प्रतीक दैनिकले १५ हजार राशीको वर्ष संवाददताको रुपमा धर्मेन्द्र चौरसिया, १० हजार राशीको वर्ष स्तम्भकारका रुपमा कुमार रुपाखेती, पाँच हजार राशीको उत्कृष्ट कर्मचारीको पुरस्कारबाट महमद तौरेत हजारी पुरस्कृत भएका छन् ।
वीरगञ्जको लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइराला, समाजसेवी श्याम पोखरेल, प्रतीक दैनिकका सम्पादक शत्रुध्न नेपाललगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्बन्धित समाचारः