प्रेस युनियन बाराको साधारणसभा सम्पन्न


eShilalekh

२९ माघ २०७८, शनिबार २१:०१

सिम्रौनगढ: नेपाल प्रेस यूनियन बाराको १७औँ बार्षिक साधारणसभा शनिवार सिम्रौनगढमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले गरेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका मंसुरले मुलुकको परिवर्तनमा नेपालको संचारमाध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले स्वतन्त्र प्रेस विना बिकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।

यसैगरी कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले नेपाल प्रेस यूनियन पत्रकार महासंघ भन्दा पनि जेठो संस्था रहेको स्मरण गर्दै यसको महत्व र गरिमालाई जोगाएर अगाडी बढन आग्रह गरे ।

उद्घाटन समरोहमा सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादव, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिबारी, पुर्व अध्यक्ष गुरुप्रसाद गौतमलगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा यूनियनका जेष्ठ सदस्य सत्यप्रसाद श्रेष्ठ, उमेशलाल दास, रामेश्वर मेहता, रतनलाल टेमानी, भोजराट भट्टराई, सुजित अर्याललाई सम्मान गरिएको थियो । यूनियन बाराका अध्यक्ष श्यामबावु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न साधारण सभा ऐतिहासिक महत्व बोकेको झरोखर पोखरी सिम्रौनगढ सात बुँदे घोषणापत्र जारी सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्