एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा अन्तर्क्रिया सम्पन्न


eShilalekh

३ भाद्र २०८१, सोमबार २१:५३

रामप्रसाद अधिकारी

अमेरिकाः गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सास च्याप्टरको आयोजनामा अमेरिकाको फर्टवर्थमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । अमेरिका र कतारस्थित एनआरएनका पदाधिकारीबीच कार्यक्रम सम्पन्न भएको हो

फर्टवर्थस्थित मन्त्र रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा अमेरिका र कतारका च्याप्टरको चुनौती र अवसरका विषयमा छलफल भएको थियो । एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता र एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएनए एनसीसीका उपाध्यक्ष नेत्र पाण्डे, भानु खरेल, कोषाध्यक्ष सरोज सिग्दे, एनआरएनए आईसीसी अमेरिकाका क्षेत्रीय संयोजक बेद बस्नेत, एनआरएन टेक्सास च्याप्टरका सल्लाहकार मधु खरेल, सन्देश उप्रेती, नेपाली समाज टेक्सासका सदस्य मनोज धिताल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीलगायत सहभागी थिए ।

कार्यक्रमको सहजीकरण एनआरएनए टेक्सास च्याप्टरका सचिव निश्चल चापागाईंले गरेका थिए भने स्वागत मन्तब्य महिला संयोजक अनु लामाले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्