बारा प्रहरीद्वारा अबैध सामानसहित तिन वटा ट्रक नियन्त्रणमा


eShilalekh

६ भाद्र २०८१, बिहीबार १९:३५

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बिल बिजकभन्दा बढी सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याइएका एक करोड २९ लाख रुपैयाँ बराबरका सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा गए राति करिब ९ः४५ मा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना४ख ८८७५ नम्बरको ट्रकमा बिलबिजक भन्दा बढी मूल्यको किराना सामान, नरिवल, हार्डवेयरका सामान तथा अन्य खुद्रा सामान बरामद भएको थियो । उक्त सामानको मूल्य अन्दाजी ३३ लाख ३२ हजार २२६ रुपैयाँ बराबर रहेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

यसैगरी गएराति करिब ११ः३० मा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ५९२६ नम्बरको ट्रकमा लोड भएको अन्दाजी २८ लाख ९५ हजार ७१३ रुपैयाँ बराबरको लेडिज सुट, वाटर प्रुफ ग्लु लगायतका खुद्रा सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौकबाट राति नै वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना३ख ७३४२ नम्बरको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्दाजी ६६ लाख ९० हजार १३१ रुपैयाँ बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पूजा सामग्री तथा अन्य खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र बरामद सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्