थापाको नेतृत्वमा संचालक समिति चयन गर्दै संगालो सहकारीको साधारणसभा सम्पन्न


eShilalekh

८ भाद्र २०८१, शनिबार २१:३५

सिमराः जीतपुरसिमरा २ स्थित संगालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निराजन थापा चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न १३औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट थापा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत् चयन गरेको छ । संचालक समितिको उपाध्यक्षमा नेत्रप्रसाद दाहाल, सचिव गोकुल अधिकारी, कोषाध्यक्ष कोपिला अर्याल रहेका छन् ।

यसैगरी सदस्यमा रवीन्द्र ठाकुर, राजदास श्रेष्ठ, रमेश थापा, निरोज पुडासैनी, ईश्वर थपलिया, सुशिला कार्की र कविता लम्साललाई चयन गरिएको छ । अधिवेशनले धनन्जय थोकरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । उक्त समितिको सदस्यमा निरञ्जन कर्ण र सन्तोष श्रेष्ठ रहेका छन् ।

सिमरा पार्कमा आयोजित १३औं साधारणसभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले गरेका थिए । साधारणसभाको उद्घाटन समारोहमा ठाकुरसहित राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख चन्द्रमणी भट्टराई, जीतपुरसिमराका सहकारी प्रमुख सुधन चौधरी, घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कोपिला सिंखडा, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सञ्जय साहलगायतले मन्तब्य राखेका थिए ।

साधारणभाको उद्घाटन समारोहमा संस्थाले उत्कृष्ट बचतकर्ताको रुपमा जीतपुरसिमरा १ की बिमला अधिकारी, जीतपुरसिमरा २ की विष्णुमाया गौतम, उत्कृष्ट ऋणीमा जीतपुरसिमरा १ का विपिन लामिछाने, जीतपुरसिमरा १५ का हेमन्त खड्का, उत्कृष्ट विद्यार्थीका रुपमा सामुदायिक विद्यालयबाट कक्षा १२ उतिर्णय गरेका गौरवमान श्रेष्ठ र सामना भट्टराईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, सिमरा महिला सहकारीकी उपाध्यक्ष भीमादेवी पौडेल, साना किसान कृषी सहकारी संस्था सिमराकी पुनमदेवी महतो, विन्दावासिनी सहकारीका अध्यक्ष रघुनाथ लामिछाने, होटल तथा पर्यटन सहकारीका अध्यक्ष प्रलाद उप्रेती, महालक्ष्मी विकास बैंकका सिमरा शाखा प्रवन्धक अखिलेश तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव रत्नप्रसाद उप्रेतीले गरेका थिए । उद्घाटन समारोहमा संस्थाका उपाध्यक्ष नेत्रप्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए ।

करिब ६ लाख ५० हजार शेयर पूँजीबाट १३ वर्षअघि स्थापना भएको सहकारीले अहिले झण्डै १२ करोडको कारोबार गरिरहेको छ । संस्थामा अहिले तीन सय ८१ शेयर सदस्य छन् । संस्थाको शेयर पूँजी मात्रै एक करोड ९४ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्