घण्टीमाई सहकारीले तीज गायन तथा नृत्य प्रतियोगिता गर्ने


eShilalekh

१० भाद्र २०८१, सोमबार ११:५५

सिमराः हरितालिका तीज पर्वको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले ‘तीज गायन तथा नृत्य प्रतियोगिता’ को आयोजना गर्ने भएको छ ।

संस्थाले आइतबार सूचना जारी गर्दै प्रतियोगितामा सहभागिता जनाउनका लागि आवेदन खुल्ला गरेको हो । भदौ २१ गते आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन इच्छुक समूह वा संघसंस्थाले भदौ १४ गते ३ बजेभित्र कार्यालयमा वा इमेलमार्फत आवेदन दिन सकिने घण्टीमाई सहकारीले जनाएको छ ।

प्रतियोगिताको प्रथम विजेताले १० हजार, द्धितीयले पाँच हजार, तृतीयले तीन हजार प्राप्त गर्नेछन् भने एक हजार पाँच सय रुपैया सान्त्वना पुरस्कार राखिएको छ । प्रतियोगितामा सहभागी हुने समूह वा संघसंस्थाका लागि सहकारीले नेपाली पोशाक अनिवार्य लगाउनुपर्ने र वाद्यवाधन आफैले व्यवस्था गर्नुपर्नेछ ।

सहकारी र सहकारीमा बचत तथा ऋणको महत्व झल्किने विषयवस्तुलाई समेटेर सहभागीले प्रस्तुति दिनुपर्ने संस्थाकी अध्यक्ष कोपिला सिम्खडाद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्