अमेरिकास्थित वैदिक सांस्कृतिक समूहको वार्षिकोत्सव कार्यक्रम सम्पन्न


eShilalekh

१० भाद्र २०८१, सोमबार १२:१७

रामप्रसाद अधिकारी

टेक्सास (अमेरिका): अमेरिकाको टेक्सास राज्यको फर्टवर्थस्थित ओम वैदिक सांस्कृतिक समूहले आफ्नो वार्षिकोत्सव र कृष्ण जन्माष्टमीको अवसर पारेर कार्यक्रमको आयोजना गरेको छ ।

अमेरिकामा रहेर नेपालको परम्परा, रीतिरिवाज, धर्मसंस्कृतिको संरक्षणमा सक्रिय समूहले कार्यक्रमको आयोजना गर्दै विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ । कार्यक्रममा १० वर्षीय आस्तिक भट्टराईले गीतापाठ वाचन गर्नुका साथै श्रीकृष्णको भजनकिर्तन गरिएको थियो ।

नौ वर्षअघि स्थापना भएको समूहले नेपाली धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र नेपालीलाई यसको संरक्षणका निम्ति सक्रिय हुन उत्प्रेरित गर्ने काम गरिरहेको अध्यक्ष तुलसी लुईंटेलले बताए ।

भागवत निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव छविलाल हुमागाईंले गरेका थिए । कार्यक्रममा सविन दंगालले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्