बारा समाज अमेरिकाको तीज विशेष कार्यक्रम सम्पन्न


eShilalekh

१६ भाद्र २०८१, आईतवार २३:११

रामप्रसाद अधिकारी

अमेरिकाः बारा समाज अमेरिकाको आयोजनामा टेक्सस राज्यमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । बारा समाज अमेरिकाका अध्यक्ष अमरनाथ साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

टेक्ससको विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ७० जना महिलाहरुको उपस्थिती रहेको कार्यक्रममा बारा समाज अमेरिकाकी उपाध्यक्ष बन्दना भट्टराईसहित सुधा रिमाल, अनु उपाध्यायले तीज विशेष सांगितिक प्रस्तुति दिएका थिए । बारा समाज अमेरिकाकी सदस्य प्रिती काफ्लेले अमेरिकामा जन्मिएर हुर्किएका बालबालिकालाई आफ्नो संस्कृतिका विषयमा जानकारी गराउन पनि कार्यक्रम महत्वपूर्ण हुने बताईन् ।

कार्यक्रमको उदघाटन बारा समाज अमेरिकाका जेष्ठ नागरिक नन्दन खड्काले गरेको सल्लाहकार सञ्जय रिमालले जानकारी दिए । कार्यक्रममा सहभागी महिलाले नेपाली गीतसंगीतमा मनोरञ्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्