निजगढमा श्रीमानले खुर्पा प्रहार गरेर गरे श्रीमतीको हत्या
सिमराः बाराको निजगढमा मंगलबार राती श्रीमानले खुर्पा प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । निजगढ नगरपालिका ९ भमरा टोलका ४५ वर्षीय बिमल बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन् ।
आपसी विवादका क्रममा बिमलले पत्नी लक्ष्मीमाथि खुर्पा प्रहार गरेको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खुर्पा प्रहारबाट उनको घाटी र हातमा चोट लागेको थियो ।
सो क्रममा खुर्पा प्रहार गरिरहेका बुवालाई रोक्न पुगेका छोरीहरु समेत घाईते भएका छन् । घाईते हुनेमा १८ वर्षीया गंगा र १५ वर्षीया जमुना रहेका छन् । घाइतेमध्ये गंगाको हातमा गम्भीर चोट छ । उनिहरु दुवैलाई थप उपचारका लागि वीरगन्ज लगिएको छ । मृतक लक्ष्मीको शव भने शल्य परीक्षणका लागि कलैया पठाइएको छ ।
श्रीमती र छोरीमाथि खुर्पा प्रहार गर्ने बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले विवादका क्रममा खुर्पा प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् ।