किरण आँखा अस्पतालमा रक्तदान शिविर, २५ जनाले गरे रगत दान


eShilalekh

२७ भाद्र २०८१, बिहीबार २०:०५

सिमराः बाराको सिमरामा संचालित किरण आँखा अस्पतालमा विहीबार आयोजित रक्तदान शिविरमा २५ जनाले रगत दान गरेका छन् । शिविरमा चार महिलासहित २५ जनाले रगत दान गरेका हुन् ।

हालै संचालनमा आएको किरण अस्पतालसंगको सहकार्यमा तेरापन्थ युवक परिषद् वीरगन्जले शिविरको आयोजना गरेको थियो । शिविरमा रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

किरण आँखा अस्पतालले भदौ १५ गतेदेखि सूर्य नेपाली अगाडि आँखा उपचारको सेवा सुरु गरेको छ ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्