पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

३० भाद्र २०८१, आईतवार २०:४४

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । नयाँ मूल्य आइतबार राती १२ बजेपछि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्