मधेस प्रदेशमा सोमबार सार्वजनिक विदा


eShilalekh

३० भाद्र २०८१, आईतवार २१:००

सिमराः मधेश प्रदेशमा सोमबार सार्वजनिक विदा दिइएको छ । मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस सरकारले सार्वजनिक विदा दिएको हो ।

मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भदौ २८ गतेनै सूचना जारी गर्दै सोमबार विदा दिने जनाएको थियो । मोहम्मदको जन्मदिनका अवसरमा मन्त्रालयले प्रत्येक वर्ष विदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्